निमार्णाधिन नेपालगन्ज चिल्ड्रेन पार्कको योजनाबारे सूचना माग

लोकपथ
65
Shares

नेपालगन्ज । नेपालगन्ज चिल्ड्रेन पार्कको योजना, डिजाइन र हाई मास्ट विजुली बारे सूचना माग गरिएको छ ।

नेपालगन्ज बागेश्वरी मन्दिरको पुर्वतर्फ निमार्णधिन चिल्ड्रेन पार्कको बजेटसहितको योजना र स्टीमेट र नेपालगन्ज वार्ड नं. २ हनुमत गौशाला र घरवारी टोलमा रहेको हाईमास्ट विद्युत लाईन किन नबलेको र कहिलेदेखि बल्ने सोको पुर्ण विवरण माग गरिएको छ ।

नेपालगन्ज–११ का सूचना अभियन्ता शैलेन्द्रकुमार बैश्य र अधिबक्ता विश्वजित तिवारीले नेपालगन्ज उपमहानगरपालिका कार्यालयसंग आज सूचना माग गर्नुभएको हो । नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्वन्धी ऐन २०६४ अनुसार सबैले थाहा पाउने अधिकार अन्र्तगत उक्त सूचना माग गरिएको हो ।

पछिल्लो समयमा नेपालगन्ज आसपास चारी, डाकाका घटनाहरुमा बृद्धि भएकाले हाईमास्टमा विजुलीको लाइन अतिआवश्यक भएको स्थानीयले तत्तकाल बाल्नका लागि माग गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?