शंकरदेव क्याम्पसमा स्ववियुले गर्यो लोकसेवाको निःशुल्क ओरेन्टेसन

लोकपथ
21
Shares

काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले सरकारी सेवा सम्बन्धी निःशुल्क ओरेन्टेसन कक्षा सञ्चालन गरेको छ।

शनिबार एक समारोहबीच शंकरदेव स्ववियुले लोकसेवा, बैंकिङलगायत विभिन्न सेवाका बारेमा स्ववियुले विद्यार्थीमाझ निःशुल्क ओरेन्टेसन कक्षा सञ्चालन गरेको हो।

विद्यार्थीमाझ अर्थ मन्त्रालयका सहसचिव टेकराज पाण्डे, पूर्व सहसचिव हेमराज शर्मा, अर्थविद् खगेन्द्र कटुवाल, बैङ्किङ क्षेत्रका जानकार कृष्ण निरौंला, क्याम्पस प्रमुख डा. कृष्ण आचार्य र नेम इन्स्टिच्युट कार्यरत माधव पाण्डेयलगायतले सरकारी सेवाको महत्त्वबारे प्रस्ट पारेका थिए।

दक्ष जनशक्ति सरकारी सेवामा प्रवेश गरे राष्ट्र निर्माणमा ठुलो टेवा पुग्ने उनीहरूको धारणा थियो। तलब लिएर राष्ट्र सेवा गर्न पाइने भएकाले सरकारी सेवाको ठुलो महत्त्व रहेको वक्ताहरूले प्रस्ट पारेका थिए।

यस्तै स्ववियु सभापति सुशान्त बस्नेतले शंकरदेव व्यवस्थापनको कलेज भएकाले सबै क्षेत्रको व्यवस्थापनको नेतृत्व लिन तयार रहेको बताएका थिए। ‘हामी यहाँबाट उत्पादित जनशक्तिलाई मुलुकका प्रत्येक क्षेत्रमा स्थापित गर्न चाहन्छौँ। शंकरदेवका विद्यार्थीहरूको नेतृत्वदायी कौशलता मुलुकका प्रत्येक क्षेत्रमा आवश्यक छ,’ उनले भने।

त्यस्तै शंकरदेव स्ववियुको सक्रियतामा आगामी ४ महिना विद्यार्थीहरुलाई निशुल्क लोकसेवा र बैंकिङ्गसम्बन्धी कोर्ष गरिने सभापति बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?