इलाम–२ मा बाबुरामको पार्टीले स्वतन्त्र उम्मेदवार थेगिमलाई सहयोग गर्ने

लोकपथ
210
Shares

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले इलाम–२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने भएको छ ।

नेसपाले वैशाख १५ गते हुने उपनिर्वाचनमा स्वतन् त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्न लागेको हो ।

आज एक विज्ञप्ति जारी गर्दै नेसपाले सो जानकारी गराएको हो ।

संविधानमा भएका उपलब्धीहरुको रक्षा गर्दै बाँकी कामलाई पूर्णता दिनेसहित प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक प्रणालीसहित समावेशी लोकतन्त्र निर्माणको दिशामा आफूहरु निरन्तर लागि परेको नेसपाको धारणा रहेको छ ।

‘संविधानमा भएका उपलब्धिहरुको रक्षा गर्दै बाँकी अपूर्णतालाई पूर्णता दिन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक प्रणालीसहित समावेशी लोकतन्त्र, सुशासन, राष्ट्रिय स्वाधिनता, समृद्धि र समुन्नत समाजवादको दिशामा अघि बढ्न नेपाल समाजवादी पार्टी अग्रगामी राजनैतिक शक्तिहरुको ध्रुविकरणसहित वैकल्पिक समाजवादी शक्ति निर्माण अभियानमा छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

परम्परागत राजनैतिक दलहरुको सिन्डिकेट, सत्ता स्वार्थ र संसदीय परम्परागत राजनीतिको चंगुलबाट देशलाई अग्रगामी निकास दिन आवश्यक रहेको बताउँदै सुशासन/सदाचार, राष्ट्रिय स्वाधिनता र समुन्नत समाजवाद निर्माणका लागि थेगिमलाई मतदान गर्न समेत आह्वान नेसपाले गरेको छ ।

‘परम्परागत राजनैतिक दलहरुको सिन्डिकेट, सत्ता स्वार्थ र संसदीय राजनीतिको चंगुलबाट देशलाई अग्रगामी निकास दिन आवश्यक छ । अतः समतामुुलक समृद्धि, पहिचान र सामथ्र्यसहितको संघीयता, सुशासन/सदाचार, राष्ट्रिय स्वाधिनता र समुन्नत समाजवादका पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई मतदान गरी विजयी गराउन सम्पूर्ण मतदाताहरुमा हाम्रो पार्टी हार्दिक आह्वान गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?