यस्ता छन् मन्त्रिपरिषद्का ३ निर्णयहरु

लोकपथ
238
Shares

काठमाडौं । सरकारले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा. पशुपति चौधरी र सदस्यमा वीरन्द्र प्रसाद यादवलाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा. डा. पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी डा. वीरेन्द्र प्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

आज मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

त्यस्तै श्रम अदालतको मुकाम काठमाडौंमा रहने यसअघिको निर्णयलाई परिवर्तन गर्दै श्रम अदालतको मुकाम काठमाडौं उपत्यका भित्रका जिल्लामा रहने निर्णयको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत भएको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु :

१. श्रम अदालतको मुकाम काठमाडौंमा रहने गरी तोकिएकोमा सोको सट्टा श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने गरी तोक्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने।

२. रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा. डा. पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी डा. वीरेन्द्र प्रसाद यादवलाई नियुक्त गर्ने।

३. बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?