वाइडबडी खरिदको भ्रष्टाचारमा पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर

लोकपथ
357
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारविरुद्ध विशेष अदालत मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही विदेशी नागरिक, केही आपूर्तीकर्तासहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

जसमा तत्कालिन संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जना रहेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले लोकपथलाई जानकारी दिए ।

‘केहीबेरअघि भ्रष्टाचार मुद्दा दायर भएको छ । जसमा केही विदेशी नागरिक, आयातकर्ता र पूर्वमन्त्रीसहित कर्मचारीहरु समेत रहेका छन् ।’ उनले भने ।

उनका अनुसार उनीहरुबाट १ अर्ब ४७ करोड १० लाख बढी बिगो दाबी समेत गरिएको छ ।


जहाज खरिदमा तत्कालिन मन्त्री शाहीसहित तत्कालिन पर्यटनमन्त्रालयका सचिव शंकर अधिकारी समेत रहेका छन् । त्यस्तै तत्कालिन महाप्रबन्धक सुगतरत्न कंशाकार समेत गरी ३२ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?