महानगरको वडा २३ क्षेत्रका १८ वटा सम्पदा संरचनामा क्युआर कोड

लोकपथ
21
Shares

काठमाडौं । काठमाडौं महानगरले वडा २३ क्षेत्रका १८ वटा सम्पदा संरचनामा क्युआर कोड राखेको छ ।

बुधबार कुमारी घरको प्रवेश द्वारसँगै राखिएको कोड स्क्यान गर्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कार्यक्रम थालनी गरेकी हुन् ।

क्युआर कोड स्क्यान गरेपछि यसको स्थापना कहिले भयो, यससँगै सम्बन्धित प्राचीन अवस्था, परिवर्तित अवस्था र अहिलेको अवस्था (भौतिक अवस्था तथा अभौतिक चलन), यससँग सम्बन्धित पर्वपूजा, कुमारी प्रतिस्थापन विधि, कुमारीको वाह्य आगमन, कुमारीको दर्शन कहिले र कसरी हुन्छ, जस्ता विषयसँग सम्बन्धित जानकारी पढ्न र सुन्न सकिन्छ ।

जनजीवनमा कुमारी घर भनेर चिनिने यस संरचनालाई नेपाल भाषीहरु कुमारी छेँ, कुमारी वहाः भनिन्छ । यस्को मौलिक नाम राजकीर्ति मनोरम विहार हो । यसलाई राजलक्ष्मी बिहारका नामले पनि चिनिन्छ ।

कुमारी घरको जस्तै सबै सम्पदाका क्युआर कोडमा यस्तै विवरण छन् । वडा २३ ले सम्वर्धनसँगको सहकार्यमा सम्पदाको चिनारीलाई प्रविधि हेर्न, बुझ्न र जान्न सक्ने बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?