जुवातास खेलिरहेको अवस्थामा होटल संचालकसहित २० जना पक्राउ

लोकपथ
0
Shares

भक्तपुर । जुवातास खेलिरहेको अवस्थामा होटल संचालकसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चाँगुनारायण नगरपालिका-५ त्रिशुलडाँडास्थित सोही नगरपालिका-४ बस्ने ४१ वर्षीय रेल कुमार तामाङको रुद्राक्ष होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक तामाङ समेत २० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ७ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?