कुमारी बैंकले मनायो ग्लोबल मनी विक–२०२४

लोकपथ
35
Shares

काठमाडौं । कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिहरुलाई वित्तिय साक्षरता प्रदान गर्दै ग्लोबल मनी विक–२०२४ सम्पन्न गरेको छ । ‘Protect your money, secure your future’   भन्ने नाराका साथ ‘ग्लोबल मनी विक २०२४’ बाह्रौँं संस्करण सम्पन्न गरेको हो ।

वित्तिय साक्षरताको अभावमा अनौपचारिक वित्तिय संयन्त्रका विसंगतीका शिकार हुनु पुगेका वा हुनसक्ने सम्पुर्ण समुदायहरुमा वित्तिय ज्ञानको सम्प्रेषण गर्दै वित्तिय कलामा सुधार ल्याई अब्बल वित्तिय मनोबृद्धि प्रर्वद्धन मार्फत कुसल वित्तिय ब्यवहार विकासलाई प्रमुख लक्ष्यकारुपमा लिदै विभिन्न क्रियाकलापहरु सञ्चालनमा ल्याइएको हो ।

जसमध्य वित्तिय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन वित्तिय साक्षरता तथा आचरण प्रर्वद्धनका लागि कर्मचारीहरुको प्रतिवद्धता कार्यक्रम , देशैभरि वित्तिय साक्षरताका आधारस्तम्भहरुको प्रशिक्षण , त्यस्तै वित्तिय साक्षरता तथा आचरण विकासका लागि सहभागिहरुलाई सपथ कार्यक्रम सञ्चालन गरेको हो ।

कुमारी बैंकले ग्लोबल मनी विकको सप्ताहभरमा देशैभर रहेका आफ्ना शाखा कार्यलयहरुबाट १२३ ओटा वित्तिय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षण कार्यक्रमहरु आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?