काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘नदी सफाइ’ अन्तर्गत ५ महिनाको अवधीमा नदी किनार र जलवहाव क्षेत्रबाट २ हजार २ सय ४८ टन फोहोर निकालेको छ ।
महानगरले गत कार्तिकदेखि फागुनसम्ममा नदी किनार र जलवहाव क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर निकालेको हो ।
यसका लागि ७ हजार ६९४ जना जनशक्ति परिचालन गरिएको छ ।
सहरी स्वच्छता र सफाइका लागि महानगरपालिकाले लिएको नीति कार्यान्वयन गर्ने क्रममा मानवीय स्रोतको प्रयोग गर्नु पर्ने ठाउँमा जनशक्ति परिचालन गरिएको महानगरले जनाएको छ । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार, आवश्यकताका आधारमा एक्साभेटरसहित उपकरण प्रयोग गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया