एजेन्सी । भारतमा भएको लोकसभा चुनावमा भारतिय जनता पार्टीले अत्याधिक बहुमत ल्याएर बिजय हाँसिल गरेको छ ।
उक्त चुनावमा बहुमतले विजय भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले गत आइतवार संसदको सेन्ट्रल हलमा एनडिए संसदिय बैठक आह्वान गरेका थिए । सो बैठकमा मोदी एनडिए संसदिय दलका नेता छानिका छन् ।
एनडीएका संसदिय दलका नेता भइसके पछि प्रधानमन्त्री मोदीले मञ्चमा आइ सबै दलहरुलाई धन्यवाद दिएका थिए । सोहि मञ्चमा मोदीले बीजेपीका बरिष्ठ नेता तथा सल्लाहकार श्रीलाल कृष्ण आडवाणीको खुट्टा छोएर आशिर्वाद समेत लिएका थिए । मञ्चमा एनडिएका सबै नेताहरु उपस्थिती थिए ।

जित पश्चात सांसदहरुलाई सम्बोधन गर्दै मोदीले भने, ‘जनप्रतिनिधीको लागी कसैलाई नजिक टाठा गरिने छैन, ज–जसको हामीप्रति विश्वास र माया गरेर जिताउनु भयो, त्यसको लागि कृतज्ञता दिन चाहान्छुँ ।’





एजेन्सीको सहयोगमा…
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया