जंगली हात्तीको आक्रमणबाट झापामा माबोको मृत्यु

लोकपथ
208
Shares

झापा । जंगली हात्तीको आक्रमणबाट झापामा फेरि एकजना महिलाको मृत्यु भएको छ ।

कमल गाँउपालिका ५ की ५८ वर्षीया खड्गमाया माबोको गएराती हात्ती आक्रमणमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार सुतिरहेको स्थानमा जंगली हात्ती आएर आक्रमण गर्न शुरु गरेपछि माबो घरबाट निस्किएर भागेकी थिइन् । भाग्दै गरेकी उनलाई हात्तीले लखेटेर आक्रमण गरेको थियो । शुक्रबार राती ११ बजेको समयमा हात्तीको आक्रमणमा परेकी उनको घटनास्थलमै मृत्यु भएको थियो ।

तीन दिन अघि शिवसताक्षी नगरपालिका–११ की ६० वर्षीया पवित्रा भेटुवालको पनि स्थानीय जंगलमा दाउरा खोज्न गएका बेला हात्तीको आक्रमणम मृत्यु भएको थियो । घटनामा घाइते भएका उनका श्रीमानको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?