ट्याक्सी दुर्घटना अपडेट : मृतक पाँचै जनाको पहिचान खुल्यो, बेपत्ता एकजनाको खोजी कार्य जारी

लोकपथ
2.8k
Shares

चितवन । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा गोरखा नगरपालिका ७ का ४१ वर्षका हरिमाया रोका, ७० वर्षीया जुनकिरी रोका, २८ वर्षकी अञ्जना रोका र ९ वर्षका बालक आगमन नगरकोटी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले लोकपथलाई जानकारी दिए ।

१८ वर्षका दिवस रोका भने त्रिशुली नदीमा हराइरहेको र उनको खोजी कार्य भइरहेको डिएसपी भण्डारीले बताए ।

उनीहरु सबै गोरखा घर भएको र मृतक मध्ये ४ जना एकैपरिवारका रहेको प्रहरीले जनाएको छ ।

आज बिहान चितवनको इच्छाकामना-५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा ट्याक्सीमा रहेका पाँच जनाको मृत्यु भएको हो । यस्तै ट्याक्सी चालक गोरखा ७ कै ३५ वर्षका अर्जुन शिर्मल रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?