चार थान भरूवा बन्दुक बरामद

लोकपथ
260
Shares

पाल्पा । प्रहरीले चार थान भरूवा बन्दुक बरामद गरेको छ ।

रैनादेवी छहरा गाउँपालिका-७ ढावास्थित चन्द्रआकार सामुदायिक जंगलबाट एकनाले भरूवा बन्दुक ४ थान शुक्रबार बिहान प्रहरीले बरामद गरेको हो ।

अस्थायी प्रहरी पोष्ट बेलबासबाट खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा उक्त जंगलमा वेवारिसे अवस्थामा रहेका उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?