कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

लोकपथ
481
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ ।

सर्वोच्च अदालतको आदेशसँगै सांसद गुरुङको निलम्बन फुकुवा भएको हो ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले गुरुङको निलम्बन फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।

गुुरुङविरुद्ध काठमाडौंको प्रदर्शनीमार्गस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको थियो । त्यससँगै उनको पद निलम्बनमा परेको थियो तर गुरुङले भ्रष्टाचार मुद्दामा आफूलाई जरिवाना मात्रै भएको तर कैद सजाय नभएको भन्दै निलम्बन फुकुवाका लागि सर्वोच्चमा निवेदन दिएका थिए ।

उनको निलम्बन फुकुवा भएसँगै कांग्रेसमा एक सांसद थपिएका छन् ।

उनी गत निर्वाचनमा मनाङबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?