पर्यटन बोर्डको रिक्त सदस्यमा ३ जना नियुक्त

लोकपथ
78
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त सदस्य पदमा तीन जना नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको रिक्त सदस्य पदमा तीन जना नियुक्त भएको सञ्चार मन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद्को निर्णय अनुसार रिक्त पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटा नियुक्त भएका हुन् ।

त्यस्तै बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व सात प्रदेशको लागि ७७ अर्ब ५० करोड, स्थानीय तहका लागि ७७ अर्ब ५० करोड स्वीकृत गरेको छ । त्यसैगरी वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि रु। ६० अर्ब र स्थानीय तहहरूको लागि ८८ अर्ब रुपैयाँ स्वीकृत गरिएको मन्त्री शर्माले बताइन् ।

त्यस्तै सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?