हातहतियार मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ

लोकपथ
39
Shares

काठमाडौं । हातहतियार मुद्दामा ३ वर्ष कैद सजाए भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सिराह जिल्ला कल्याणपुर नगरपालीका-८ घर भएका ३१ वर्षीय मोहन लालु भन्ने लालु खानलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई हातहतियार मुद्दा मा काठमाडौं जिल्ला अदालतबाट मिति २०७९ साल कार्तिक ३० गते ३ वर्ष कैद सजाय र तिस हजार रुपैयाँ जरिवाना फैसला भएकोमा लालु फैसला कार्यान्वयनमा नआई फरार रहेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले खानलाई खोज तलास गर्ने क्रममा गत शुत्रबार काठमाडौं गौशालाबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धानको लागी काठमाडौं जिल्ला अदालत पठाईएको सुचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?