भैरहवाको ‘सिद्धार्थ भिलासालाई’ पाँच तारे होटलुको मान्यता

लोकपथ
741
Shares

भैरहवा । २६ बर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालनमा ल्याएको भैरहवाको ‘सिद्धार्थ भिलासाले’ पाँच तारे होटल स्तरको मान्यता पाएको छ । ‘भिलासा सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो ।

पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो । लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँच तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छु पर्यटन विभागले भनेको छ ।

करिब ५ बिगाहा क्षेत्रफलमा विस्तारित होटलमा एउटा भिलासा भिएक्जुकेटिभ स्विट, २ वटा स्विट, ५ वटा जुनियर स्विट र ७७ एक्जुकेटिभ डिलक्स गरि ८५ वटा रुम रहेका छन् ।

होटलमा साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल र पाँच वटै रेस्टुरेन्ट आउटलेट रहेका छन् । होटलमा पन्ध्र सय जना क्षमताको ब्याङ्क्वेट हल रहेको छ जुन नेपालकै ठूलो ब्याङ्क्वेट हल भएको सिध्दार्थ हस्पिटालिटीका ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

स्थापनाको छोटो समयमै डेस्टिनेसन वेडिङु र अन्य पर्यटक गरि त्यस क्षेत्रमा उच्च सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन होटल सफल भएको र लुम्बिनी घुम्न आउने विभिन्न देशका पर्यटकहरु बिच लोकप्रिय भैरहेको यो होटलले पाँच तारा स्तरको मान्यता पाएसँगै सो ब्यापारमा अझ राम्रो गर्ने आशा गरिएको न्यौपानेले बताए ।

होटलमा जिम, ज्याकुजी, स्टिम, स्पा लगायत वेल्नेस सुबिधा उपलब्ध छन् । हाल २ सय जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सन्चालन पस्चात झण्डै ५ सय जनालाई रोजगारी मिल्ने सिईओ न्यौपानेले बताए । नेपालकै उत्कृष्ट क्यासीनो सन्चालन गर्न सकिने गरी क्यासीनोको लागी संरचना समेत निर्माण भैसकेको छ ।

यस्तै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस होटलले ठूलो भुमिका निर्वाह गर्ने कम्पनीका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?