एक थान कटुवा पेस्तोलसहित दुईजना पक्राउ

लोकपथ
78
Shares


सिरहा । एक थान कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहा नगरपालिका-२ यादव टोलबाट कटुवा पेस्तोल १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४९ वर्षीय बिजय यादव र उनकै छोरा १९ वर्षीय राजा यादव रहेका छन् ।

घरायसी बादबिवाद भई उनीहरूबीच झै-झगडा भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई घर तलासी गर्दा उक्त पेस्तोल फेला पारेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?