होलीको दिन कर्णाली पुलबाट हाम फालेका शाहीको शव भेटियो

लोकपथ
2.8k
Shares

काठमाडौं । होलीको दिन कैलालीको चिसापानीस्थित पुलबाट हामफालेर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ ।

सोमबार होली खेलेर पुुलबाट हामफाली हराएका ३० वर्षीय लोकेन्द्र शाहीको शव आज फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले लोकपथलाई दिएको जानकारी अनुसार उनको शव कैलाली लम्कीचुवा नगरपालिका वडा नं २ सन्कटी घाटमा फेला परेको हो । पानीमै रहेका कारण उनको शव सडेकाे अवस्थामा नरहेको बताइएको छ ।

‘लम्कीचुवा नगरपालिका वडा नं २ स्थित सन्कटी घाटमा उहाँको शव फेला परेको हो ।’ एक प्रहरी अधिकारीले लोकपथसँग भने ।

होलीको दिन कर्णालीको पुलबाट १७ जना हामफालेका थिए । त्यो मध्ये १६ जना पौडिएर बाहिर निस्किए पनि शाही भने बेपत्ता रहेका थिए । प्रहरीले उनको खोजिका लागी गोताखोरको प्रयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?