८ डिएसपी एसपीमा बढुवा (सूचीसहित)

लोकपथ
112
Shares

काठमाडौं । नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन् ।

बिहीबार बसेको प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले ८ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

जसमा ढकेन्द्र खतिवडा, अंगुर जि.सी., यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरे रहेका छन् ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार उनीहरुलाई बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?