त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ

लोकपथ
182
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका–६ का २४ वर्षीय रविन कुमार लामा रहेका छन् ।

तामाङमाथि उपप्राध्यापक चलाउनेमाथि ज्यान मार्ने उद्योग अन्तर्गत काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरी २ वर्ष कैद र २० हजार जरिवाना माग गरेको थियो ।

गत मंसिर ७ गते उनीमाथि कारबाही गर्न अदालतको आदेश भए पनि उनी फरार रहेका थिए । उनलाई मंगलबार काठमाडौंको कपनबाट पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?