ब्ल्याकमेलको आरोपमा अनेरास्ववियुकी नेतृ बम पक्राउ

लोकपथ
377
Shares

काठमाडौं । एमाले निकट अनेरास्ववियुकी नेतृ रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ ।

युवतीलाई ब्ल्याकमेल गरेको आरोपसहित परेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर टेकुुका प्रवक्ता एसपी नवराज अधिकारीले लोकपथलाई जानकारी दिए ।

‘एक जना महिलाले दिएको उजुरीको आधारमा उहाँलाई पक्राउ गरिएको हो । उहाँमाथि अनुसन्धान भइरहेको छ ।’ अधिकारीले लोकपथसँग भने ।

उनले उजुरीकर्ता महिलाको मोबाइलमा रहेको गोप्य फाइलहरु लिइ ब्ल्कमेल गरेको आरोप रहेको छ ।

उनी अनेरास्ववियुकी स्थायी कमिटी सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?