छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका-१० संविधान चोकस्थित सडकमा मे.१ ख २७३४ नम्बरको बस र को.२९ प ४७६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-५ बस्ने ३७ वर्षीय भोज कुमार श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको कृष्णसावरण गाउँपालिका-४ बनौलीस्थित सडकमा प्र.२-०१-००१ प ४९१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार महादेवा गाउँपालिका-४ बस्ने ३५ वर्षीय सर्वण कुमार यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?