आइजीपी कुँवरले भने– ‘सहकारी ठगी प्रकरणमा गृहमन्त्री कानुनी दायरामा आउने आधार भेटिएन’

लोकपथ
585
Shares

काठमाडौं । नेपाल प्रहरीका प्रमुख (आइजीपी) बसन्त बहादुर कुँवरले सहकारी गठी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा तथ्य प्रमाणसहितको उजुरी नपरेको स्पष्ट पारेका छन् ।

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आइजीपी कुँवरले सहकारी ठगी प्रकरणमा ठाडो उजुरी आए पनि तथ्य प्रमाण नभेटिएको बताए ।

त्यस्तै उनले सहकारी ठगी प्रकरणमा लामिछाने काुननी दायरामा पर्ने आधार प्रहरीमा आएको उजुरीमा नभेटिएको समेत बताए ।

‘अहिले आएको सहकारीको विषय सांकेतिक रुपमा यहाँ उठेको छ । मैले ठाडो उजुरीको रुपमा विषय आयो दर्ता भयो । तर अनुसन्धान हेर्दाखेरी कुनै पनि तथ्य प्रमाण भेटिएन ।’ उनले भने, ‘कानुनको दायरामा पनि पर्ने अवस्था छैन । अहिले सांकेतिक रुपमा आएको छ रवि लामिछाने भन्ने अहिलेसम्मको तथ्य प्रमाणमा कुनै पनि तथ्य प्रमाण देखिँदैन ।’

आजको समितिको बैठकमा उठेका सवालका विषयमा उनले जवाफ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?