धनगढी उपमहानगरका मेयर गोपाल हमालकी छोरी आरती बेपत्ता, खोजिदिन आग्रह

लोकपथ
266
Shares

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको छोरी आरती हमाल बेपत्ता भएकी छिन् ।


मेयर हमालले उनकी छोरी आरती गायब भएको जानकारी गराएका हुन् ।


सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर हमालले ओशो ध्यानका लागि भारतको गोवामा रहेकी थिइन् । सो क्रममा त्यहीँबाट गायब भएको भन्दै खोजिदिन आग्रह गरेका हुन् ।


‘मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन्न । हिजो देखि जोरबा वाईब आस्बिन ब्रीज बाट सम्पर्क बिहिन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाई दिदिबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?