चुकिको १० औँ वार्षिकोत्सव तथा बिदाइ कार्यक्रम सम्पन्न

लोकपथ
448
Shares

काठमाडौं । काठमाडौंको न्यु प्लाजा पुतलीसडकमा रहेको चुकि कन्सल्टेन्सी एन्ड ल्याङ्वेज सेन्टरले १० औँ वार्षिकोत्सव तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार नयाँ बजार स्थित स्मार्ट पार्टी प्यालेसमा आयोजित एक भव्य कार्यक्रमकाबीच संस्थाले आफ्नो स्थापना दिवस मनाउनुका साथै अप्रिल इन्टेकका लागि जापानको सिओइ प्राप्त गरेका विद्यार्थीलाई बिदाइ गरेको हो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।

चुकि कन्सल्टेन्सी एन्ड ल्याङ्वेज सेन्टरका कार्यकारी निर्देशक राजेन्द्र राज गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जापानका तीन वटा शैक्षिक संस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित थिए। ओसाका इन्टरनेसनल एकेडेमीका प्रधानाध्यापक ताकेबु, फुकोयामा इन्टरनेसनल एकेडेमीका प्रधानाध्यापक युमुरा र केएस इन्टरनेसनल एकेडेमीको सञ्चालक तथा प्रधानाध्यापक चोको उपस्थिति रहेको थियो। कार्यक्रममा चुकिबाट जापान गएर नेपाल फर्किएका विद्यार्थीहरू, चुकिको भाषा कक्षामा अध्ययनरत विद्यार्थीहरू, आगामी अप्रिल इन्टेकका लागि सिओइ प्राप्त गरेका विद्यार्थीहरू र संस्थाका शुभचिन्तक शुभेच्छुकहरूको भव्य उपस्थिति रहेको थियो।

कार्यक्रममा केक काटेर संस्थाको १० औँ वार्षिकोत्सवको खुसीयाली साटिएको थियो भने संस्थाका अध्यक्ष गौतम पुडासैनीले सिओइ प्राप्त गरेका विद्यार्थी, चुकिका पूर्व विद्यार्थी, आमन्त्रित अतिथि तथा संस्थाका केही शुभचिन्तकहरूलाई खादा माला तथा मायाको चिनोले सम्मानित गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै जापानीज अतिथि युमुरा सेन्सेले चुकिलाई १० औँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिए।

कार्यक्रम समापन गर्दै सभापति गिरिले ३ जना विद्यार्थीलाई भाषा अध्यापन गराएर सुरु गरिएको चुकिले आज यति ठुलो परिवार बनाउन सफल भएको भन्दै खुसी व्यक्त गरे। उनले यो यात्रामा जोडिएर आफूहरूलाई साथ, सहयोग र हौसला दिने सबैप्रति आभार व्यक्त गरे। सिओइ आएका सबै विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरेका उनले चुकिले के गर्ने, के नगर्ने सबै सिकाइसकेको उल्लेख गर्दै ती सबै जानकारीहरूको उचित प्रयोग गरेर भविष्य निर्माणमा केन्द्रित हुन अनुरोध गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?