राहुल गान्धीमाथि नेतृत्व छाड्न चौतर्फी दबाव

एजेन्सी । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीमाथि नेतृत्व छाड्न चौतर्फी दबाव परेको छ । 

भारतीय लोकसभा चुनावमा लज्जास्पद हार व्यहोरेपछि गान्धीमाथि नेतृत्व छाड्न दबाव परेको हो । 

शनिवार बिहान दिल्लीको अकबर रोडस्थित पार्टी मुख्यालयमा बस्ने केन्द्रीय कार्यकारिणी समिति (सीडब्लुसी) बैठक बसेको थियो । बैठकले चुनावमा पार्टीको हारको समीक्षासँगै राहुलको नेतृत्व सम्बन्धमा पनि निर्णय लिन सक्ने स्रोतले जनाएको छ । 

पार्टी स्रोतका अनुसार गान्धी आफू भने राजिनामा दिने मनस्थितिमा रहेको र त्यसको जानकारी आज बस्ने सीडब्लुसीलाई गराउने बताइएको छ । 

सीडब्लुसीको पार्टीको सर्वोच्च निकाय हो ।

गान्धीले दुई वर्षअघि पार्टीको नेतृत्व लिएका थिए ।  

बिहीवार भएको १७ औं लोकसभा चुनावको मतगणनामा भाजपा एक्लैले ३ सय ३ सिट जितेको छ । र, ऊ नेतृत्वको एनडीएले ३ सय ५२ सिट जित्न सफल भएको छ । जबकी बहुमतका लागि जम्मा २ सय ७२ सिट भए पुग्छ ।

पाँच वर्ष अघि संसदमा प्रमुख प्रतिपक्षको हैसियत गुमाएको कांग्रेसले यसपटक पनि त्यही नियति भोगेको छ । 

५ सय ४३ सदस्यी लोकसभामा प्रमुख प्रतिपक्षको हैसियत हासिल गर्न कम्तीमा पनि ५५ सिट ल्याउनु पर्छ । 

यो चुनावमा पार्टीले ५२ सिट मात्र जित्न सफल भयो । 

चुनावमा अध्यक्ष राहुल आफैँ परम्परागत सिट अमेठीबाट पराजित भएका छन् । 

उनलाई भाजपाकी स्मृति इरानीले पराजित गरिन् ।

राहुलसँगै पार्टीका दर्जनौं उम्मेदवारहरु पराजित भएका छन् । 

चुनावमा १८ वटा प्रदेश र केन्द्रशासित राज्यमा त खाता समेत खोल्न सकेन ।

कांग्रेसका तर्फबाट चुनावी मैदानमा उत्रिका विभिन्न राज्यका ९ जना पूर्व मुख्यमन्त्रीहरुले हारेका छन् । 

पार्टीमा परिवारवादको प्रभाव, कमजोर संगठन र केन्द्रमा तय भएका चुनावी मुद्दालाई मतदातासम्म पुर्याउन नसकेका कारण पार्टीको लज्जास्पद हारको प्रमुख कारण ठानिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?