स्थानीयको जनश्रमदानमा लिफ्टिङ खानेपानी आयोजना

एजेन्सी । पूर्वखोला गाउँपालिका–१ सिलुवा मस्लाङ्ग क्षेत्रमा स्थानीयवासीको जनश्रमदानमा लिफ्टिङ प्रणालीमार्फत खानेपानी आयोजना निर्माणको काम भइरहेको छ ।

 वर्षादेखि खानेपानीको चरम समस्या भोग्दै आएका यहाँका ८० घरपरिवारका स्थानीयवासीले श्रमदान गरेर आयोजना निर्माणका काम गरिरहेका छन् ।

हालसम्म यहाँका एक घरबाट १२ जना गरी ९ सय ६० जना उपभोक्ताले जनश्रमदान गरिसकेको उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर नेपालीले बताए । ‘काम अहिलेसम्म ६० प्रतिशत जति सम्पन्न भएकाले अझै आठ सयको हाराहारीमा जनश्रमदान लाग्नेछ, उपभोक्ताहरु खुशी भएर जनमश्रमदानमा जुट्नुभएको छ; उनले बताए । 

काम तीव्र गतिमा अगाडि बढिरहेको छ, आउँदो दशैँसम्ममा आयोजनाको काम सम्पन्न गरी घरघरमा धारामा पानी पु-याउने लक्ष्यका साथ निर्माण कार्यमा अगाडि बढेको उनले बताए  । 

यहाँका स्थानीयवासीले जनश्रमदान मात्र नभई आयोजना निर्माणका लागि प्रतिघर परिवारबाट पाँच हजार रकमसमेत सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?