भारतीय लोकसभा चुनाव : वाराणसीमा मोदी ११ हजार मतले अगाडी

काठमाडौं । भारतीय लोकसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा प्रधानमन्त्री नरेन्द्र मोदी अग्रस्थानमा रहेका छन् । उनी आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् ।

वाराणसी निर्वाचन क्षेत्रबाट चुनावमा होमिएका मोदीले प्रारम्भिक मत गणनामा कांग्रेस उम्मेदवारलाई अजय राय दोब्बर बढी मतले पछि पारेका हुन् ।

मोदीलाई हालसम्म ११ हजारको अग्रता मिलेको छ । 

मोदीले २१ हजार २ सय ३६ मत प्राप्त गर्दा कांग्रेसका अजय राय ९९८४ मत ल्याएका छन् । 

शालिनी यादव ९२६१ मत सहित तेस्रो स्थानमा छिन् । 

बिहान ८ बजेबाट शुरु भएको मतगणनामा मोदीको दल भारतीय जनता पार्टीले अग्रता लिइरहेको छ ।

सत्तारुढ गठबन्धन एनडीए  ३ सय १० स्थानमा अगाडि छ । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन यूपीएले एनडीएलाई पछ्याइरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?