राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न आयोगले माग्यो सुझाव

लोकपथ
28
Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को संशोधनको लागि राय सुझाव माग गरेको छ ।

आयोगले विज्ञप्ति जारी गर्दै आयोगमा कायम रहेका राजनीतिक दल, नागरिक समाज, आमसंचार जगत, सम्बद्ध निकाय तथा सरोकारवालाहरुलाई ऐनमा सुधारका सम्बन्धमा राय सुझाव माग गरेको हो ।

‘संविधान र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा समयानुकुल संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यक्तालाई मध्यनजर गर्दै दलहरुको दर्ता व्यवस्थापन र नियमनलाई अझ बढी प्रभावकारी बनाउनका हालको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा संशोधन गर्न आयोगले सम्बन्धित निर्वाचन आयुक्तको संयोजकत्वमा ऐन संशोधन निर्देशन समिति र आयोगका सचिवको संयोजकत्वमा ऐन संशोधन मस्यौदा समिति गठन गरी आवश्यक कार्य प्रारम्भ गरेको छ । राजनीतिक दलको व्यवस्थापन र नियमन सबैको साझा सरोकारको विषय रहेको हुँदा मौजुदा कानुनमा संशोधन गर्नुपर्ने विषयहरुमा आयोगमा दर्ता कायम रहेका राजनीतिक दल, नागरिक समाज, आम संचार जगत, नागरिक समाज, सम्वद्ध निकाय तथा सरोकारवालाहरु सबैले उक्त ऐनमा गर्नुपर्ने सुधारका सम्बन्धमा [email protected] वा पत्रमार्फत रायसुझाव उपलब्ध गराउन आयोग हार्दिक अनुरोध गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

राजनीतिक दलको गठन, दर्ता र संचालनमा मौजुदा कानूनमा रहेका कमिकमजोरी र अप्रर्याप्तताका कारण दलहरुको आन्तरिक लोकतन्त्र, दलको सदस्यता, दलको कोष र राजनीतिक वित्त व्यवस्था, राजनीतिक दलको आचारसंहितासहित राज्य कोषबाट राजनीतिक दलहरुलाई दिने अनुदान लगायतका विषयमा थप छलफल गरी ठोस र उपयुक्त निष्कर्षमा पुुग्न राजनीतिक दल र सम्बन्धीत निकायबाट आएको चासोका कारण आयोगले राय सुझाव मागेको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?