वाम गठबन्धनमा इमान्दारीतामाथि शंका, हात काटेर कुकुरलाई दिने सम्मको कुरा

काठमाडौँ । असोज १६ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति  पार्टीबचि चुनावी तालमेल हुने खबर एकाएक  आगोसरी फैलिँदा सीमित नेताबाहेक नेता कार्यकर्ता बेखबर थिए ।  त्यसो भोलिपल्टै असोज १७ गते भएको वाम तालमेलको घोषणाले राजनीतिमा यतिठूलो भूकम्प  ल्यायो कि जसको पराकम्प हालसम्म जारी छ ।  भलै गठबन्धनमा आएको केहि सातामा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले भागबण्डा नमिल्दा छाडेर हिँडिसकेका छन्  ।  तर, मुख्य दुई पार्टी नेकपा माओवादी केन्द्र र एमाले    एकजुट भएर निर्वाचनमा  होमिइसकेका छन् आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेले संयुक्त उम्मेदवार उठाउने छन् अर्थात एमालेले उठाएको निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार रहने छैनन् भने  माओवादी केन्द्रका उम्मेदवार  उठ्ने निर्वाचन क्षेत्रमा  एमालेको उम्मेदवार नरही    समर्थन रहनेछ । अहिले दुई पार्टीबीच गठबन्धन बनेर चुनावी मोर्चा तराई भइसकेको अवस्थामा अब नेपाली कांग्रेसलाई केहि धक्का पुग्ने विश्लेषण गरिएको छ । स्थानीय तहको मत परिणामलाई विश्लेषण गरेर हेर्ने हो भने   पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामध्ये एक जिल्लामा मात्रै  गठबन्धन कमजोर देखिएको छ । तर, जे गठबन्धन बनेपनि  स्थानीय तहमा आएको भोट प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उस्तै आउँछ भन्नेमा शंका व्यक्त गरिन्छ ।  गठबन्धनकै कार्यकर्ताको मनोविज्ञान, मतदाताचको मूड, उम्मेदवारको प्रभाव र अन्य फ्याक्टरहरुका कारण सो परिणाम समान नहुने बताइन्छ जस्तो  कि  बाम गठबन्धनको घोषणा भएसँगै   लेखक तथा माओवादीका कट्टर समर्थक दिलनिशानी मगरले  एमालेलाई भोट  नहाल्ने भनि सामाजिक सञ्जालमा कडा अभिव्यक्ति दिएका थिए । उनले  गठबन्धन बनेपनि ‘बरु हात काटेर कुकुरलाई खुवाउने तर एमालेलाई भोट नहाल्ने’ अभिव्यक्ति दिएका थिए । उनले गठबन्धन र पार्टी एकताको विषयमा एक आलेख नै लेख्दै   माओवादी प्रचण्डको निजि पार्टी नभएको भन्दै चुनौति दिएका थिए ।निशानी न त  कुनै प्रभावशाली व्यक्तित्व नै हुन्  तर उनको अभिव्यक्ति किन उल्लेख गरिएको हो भने उनमा जस्तै धेरै नेता कार्यकर्तामा   एकले अर्कालाई नस्वीकार्ने अवस्था छ । चाहे एमाले हुन् या माओवादी केन्द्र– उनीहरुले गठबन्धनको विरोध नगरेपनि माओवादीले एमालेलाई र एमालेले माओवादीलाई भोट हाल्न हिच्किचाउने अवस्था छ । नुवाकोट क्षेत्र नम्बर २ का एक माओवादी  कार्यकर्ताले भने, ‘हाम्रो क्षेत्रमा एमालेका उम्मेदवार उठाइएको छ ।  अरुले के गर्लान् आफ्नो ठाउँमा छ ।तर म चाहिँ एमालेलाई कुनै हालतमा मत हाल्दिन बरु कांग्रेसलाई हाल्न तयार छु ।’उनको भनाईमा के मनोविज्ञान देखिन्छ भने  वमगठबन्धन बनेपछि  विगतको  एमालेको रबैयाका कारण स्वीकार्न सक्ने अवस्था देखिँदैन ।  बरु भोट क्रस गरेर  कांग्रेसलाई हाल्ने उचित हुने उनको बुझाई छ ।  हुन त धेरै कार्यकर्ताले  संयुक्त गठबन्धनको पक्षमा माहोल बनाउन थालेका पनि छन् थोरै असन्तुष्ट समूह यसमा सक्रिय हुँदा चुनावी गणित खल्बल्नि सक्छ । र,  नतिजा अन्तै जान सक्छ । जुन खतरा आगामी  मंसिर १० र २१ गतेको निर्वाचनमा हुन सक्छ । स्थानीय तहको मतपरिणाम अनुसार गठबन्धन ३१ जिल्लामा  र कांग्रेस गठबन्धन एक जिल्लामा मात्रै बलियो देखिन्छ । रामेछाप मा माओवादीका श्याकुमार श्रेष्ठ  २७१५० मतले अगाडिछन् । दोलखामा पार्वत गुरुङ (एमाले) २६२१६ मत, सिन्धुपाल्चोक  १ मा अग्निप्रसाद सापकोटा(माओवादी केन्द्र) १८९९५ मत, , सिन्धुपाल्चोक २ मा शेरबहादुर तमाङ (एमाले)१०८३१ मत, ,धादिङ १ मा भूमी त्रिपाठी (एमाले)२८६८७ मत, धादिङ २ मा खेम प्रसाद लोहनी (एमाले)१५०५१ मत, नुवाकोटमा  १ हितबहादुर तमाङ(माओवादी केन्द्र) १६९०२ मत, नुवाकोट २मा नारायणप्रसाद खतिवडा(एमाले) ११४६५ मत, मुस्ताङमा प्रेमप्रसाद तुलाचन (एमाले)५०३४ मत, म्याग्दीमा भूपेन्द्रबहादुर थापा(एमाले)६१९८ मत, बाग्लुङ १ मा डा. सूर्य पाठक (एमाले)६१७० मत , बाग्लुङ २ मा देवेन्द्र पौडेल (माओवादी केन्द्र) १०२४५ मत ,मनाङमा पोल्देन छोपाङ गुरुङ(एमाले) ९९ मत , लमजुङ मा देवप्रसाद गुरुङ (माओवादी केन्द्र) ३८८१ मत, गोर्खा १ मा हरिराज अधिकारी(माओवादी केन्द्र) १४४५ मत, गोर्खा २ मा नारायणकाजी श्रेष्ठ(माओवादी केन्द्र) ११७६ मत, रोल्पामा बर्षमान पुन (माओवादी केन्द्र) २२९७१ मत, पूर्वी रुकुममा कमला रोका (माओवादी केन्द्र) ७९२७ मत, पश्चिम रुकुममा जनार्दन शर्मा (माओवादी केन्द्र) १७८०४ मत, ले जाजरकोटमा शक्तिबहादुर बस्नेत(माओवादी केन्द्र) १२६०३ मत ,हुम्लामा चिनी लामा (माओवादी केन्द्र) ३८९६ मत , मुगुमा गोपाल बम (एमाले) ४२४९ मत, जुम्लामा गजेन्द्र महत (माओवादी केन्द्र) १४१७८ मत, डोल्पामा धनबहादुर बुढा (एमाले)४४५७ मत, दार्चुलामा गणेशसिंह ठगुन्ना (एमाले)७२३४ मत, बझाङमा भैरवबहादुर सेन (एमाले)१५१०१ मत, बैतडीमा दामोद भण्डारी (एमाले)१२५९५ मत, बाजुरामा लालबहादुर थापा (एमाले)३५०० मतले अगाडि छन् यता रसुवामा भने एमालेका जनार्दन ढकाल कांग्रेसका  मोहन आचार्य भन्दा १५६४ मतले पछाडि छन् । स्थानीय तहमा जेजस्तो  मत आएपनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनको इमान्दारितामा कस्तो  प्रभाव देखाउँछ त्यो त देखिने नै छ । तर, इमान्दारीतामाथि नेतृत्वबाटै  आशंका व्यक्त गरेको भने छनक मिलेको छ ।  किनकी  शुक्रबारमात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र  एमाले अध्यक्ष केपी ओलीले  गठबन्धनमा इमान्दार बन्न  एक विशेष सर्कुलर नै जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?