‘ट्रान्सपोर्ट किङ्ग’ सरदार प्रितम सिंह सम्मानित, सुरक्षित ढुवानीका लागि गण्डकी विश्वविद्यालयसँग सम्झौता

लोकपथ
70
Shares

काठमाडौं । ढुवानी व्यवसायी महासंघ नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभामा नेपालमा ढुवानी व्यवसायको जग बसाउने सरदार प्रितम सिंहलाई ‘ट्रान्सपोर्ट किङ्ग’कोरुपमा सम्मान गरिएको छ ।

गत आइतबार माधवप्रसाद नेपालको नेतृत्वमा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै काठमाडौंमा सम्पन्न व्यवसायी महासंघ– नेपालको छैटौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभामा सिंहलाई सम्मान गरिएको हो ।

नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै मुलुकको सडक पूर्वाधार शरूवाती विकासकासँगै २०१४ सालमा त्रिभूवन राजपथ हुँदै काठमाडौंसम्म मालवाहक सवारी साधनको रूपमा पहिलो मालवाहक ट्रक प्रवेश गराउने कार्य सरदार सिंहले गरेका थिए ।

त्यसको लगत्तै उनले थप आवश्यकताको महसुस गरी २०१५ सालमा थप ३ वटा ट्रक नेपाल ल्याएका थिए । ढुवानीको महत्व प्रष्टीसकेको अवस्थामा २०१५ सालमा नेपालमा खाद्यान्न संकट हुँदा नेपाली नागरिकको जनजीवनलाई सहजीकरण गर्ने प्रमुख उद्देश्यले नेपाल पब्लिक मोटर्स सर्भिस ९ एनपीएमएस ० विधिवत् रूपमा दर्ता कायम गरी नेपालमा एकै पटक १५० वटा ट्रकहरू सरकारी पहलमा नेपाल ल्याउँदा सरदार सिंहले प्रमुख भुमिका खेलेका थिए ।

इतिहासको यही अध्यायले ढुवानीले व्यवसायको रुप लिदा अहिले राष्ट्र निर्माणमा नै गर्वलाग्दो भूमिका खेल्न सफल भएको भन्दै सरदार सिंहको योगदानको कदर गरिएको ढुवानी व्यवसायी महासंघले जनाएको छ ।
सो अवसरमा सरदार प्रितम सिंहलाई सम्मान गर्न पाउँदा सिङ्गो महासंघ परिवारले गौरवको अनुभूति गरेको महासंघका नव निर्वाचित उपाध्यक्ष अरुण श्रेष्ठले बताए ।

साथै महाधिवेशन तथा वार्षिक साधारणसभाकै अवसरमा नेपालमा सुरक्षित ढुवानीको उपाय खोज्दै ढुवानी क्षेत्रका समस्या, सम्भावना र चुनौतीहरुको सुक्ष्म अध्ययन गर्ने उदेश्यका साथ गण्डकी विश्वविद्यालय र ढुवानी व्यवसायी महासंघ बीच सम्झौता समेत भएको छ । सम्झौता पत्रमा महासंघको तर्फबाट निवर्तमान अध्यक्ष विश्वनाथ खनाल र विश्व विद्यालयको तर्फबाट रजिष्टार डाक्टर कैलाश तिमिल्सिनाले हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?