चोरीको मोटरसाइकलसहित एकजना प्रहरी नियन्त्रणमा

लोकपथ
196
Shares

काठमाडौं । काठमाडौंबाट चोरीको मोटरसाइकलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुढानिकण्ठ नगरपालिका–२ भंगालबाट चोरीको मोटरसाइकलसहित चाबहिल बस्ने १८ वर्षीय सक्षम गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वास्तविक नम्बर परिवर्तन गरेर बागमती प्रदेश–०२–२७ प ४३ ०३ नम्बर राखी चलाइरहेको अवस्थामा गुरूङलाई आइतबार साँझ ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका गुरुङले उक्त मोटरसाइकल अन्य व्यक्तिबाट लिएको प्रहरीले जनाएको छ । पक्राउ पश्चात गुरुङलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रहरीले बताएको छ ।

धादिङको गंगा जमुना गाउँपालिका ७ का प्रकाश श्रेष्ठले बागमती प्रदेश–०२–०२३ प ०४७२ नम्बरको बुलेट मोटरसाइकल काठमाडौंको टोखा इन्द्रेणीपुलबाट हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि गत मंसिर २६ गते निवेदन दिएका थिए । प्राप्त निवेदनका आधारमा खोजतलास गर्ने क्रममा मोटरसाइकलसहित गुरुङ नियन्त्रणमा आएका हुन् ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध गरेका छन् ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएतापनि सवारी धनी स्वयम् सजग हुनुपर्ने समेत प्रवक्ता श्रेष्ठले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?