तेह्रथुमको फेदापमा आगलागी, घटनास्थल पुग्दै सुरक्षाकर्मी

लोकपथ
133
Shares

विराटनगर । तेह्रथुमको फेदाप गाउँपालिका–१, मयन्तापामा आगलागी भइरहेको छ । जंगलमा लागेको डढेलो फैलिएर बस्तीमा आइपुगेको अनुमान गरिएको छ ।

पछिल्लो जानकारीअनुसार दर्जनभन्दा बढी घर जलेर नष्ट भएका छन् । आगोले स्थानीयका घर, घरभित्रका धनमाल अनि केही चौपायाहरु समेत जलेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा सदरमुकाम र आसपासका चौकीबाट प्रहरी तथा सेनाको टोली घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।आगलागीबाट के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन । घटनास्थलमा पुगेर आगो निभाउने साथै स्थानीयको उद्धार गर्ने काम प्राथमिक रुपमा गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको जानकारी आएको छैन ।यसअघि हिजो तेह्रथुमकै आठराई गाउँपालिका–१ संक्रान्तिबजार नजिकै गाउँमा आगलागी हुँदा चारवटा घर जलेका थिए । प्रहरीका अनुसार स्थानीय देवी गौतम, बलराम गौतम, गणेश गौतम, गोविन्द गौतमको घर र दुई वटा गोठ जलेका हुन् ।

शनिबार मोरङ, तेह्रथुम र भोजपुरमा आज भएका आगलागीको घटनामा स्थानीयका ३२ वटा घर जलेर नष्ट भएका थिए ।मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका–३ आज अपराह्न भएको आगलागीमा परी स्थानीय सन्थाल समुदायका २२ वटा घर जलेका थिए् ।

यस्तै, भोजपुरको भोजपुर नगरपालिका–१२ मालबाँसेमा आजै भएको आगलागीमा केही स्थानीयको घर जलेर नष्ट भएको छ ।हिजो साँझ भोजपुरकै हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा आगलागी हुँदा एक बालिका र दुई बालकको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?