कांग्रेसले बनायो छायाँ सरकार, यी हुन् छायाँ सरकारका मन्त्री (सूचीसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको रुपमा काम गर्न छायाँ सरकार बनाएको छ । 

कांग्रेसले मन्त्रालय स्तरीय समन्वय समिति बनाउँदै छायाँ सरकार बनाएको हो । 

पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधार ५ (क) अनुसार छायाँ सरकार बनाएको हो । 

उर्जा समितिको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्का, अर्थमा मिनेन्द्र रिजाल, गृहमा दिलेन्द्रप्रसाद बडू तोकिएका छन् । 

त्यस्तै शहरी विकासमा उमाकान्त चौधरी, खेलकुदमा किशोर सिंह राठौर, उद्योगमा मीन विश्वकर्मा, शिक्षामा गगन थापा, खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला संग्रौला, सञ्चार समितिको संयोजकमा बहादुर सिंह लामा तोकिएका छन् ।

भूमिसुधारमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयको समितिको संयोजकमा राधेश्याम अधिकारी तोकिएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?