राजपाद्वारा फेरी दबाव शुरु

काठमाडौं । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले फेरी दबाव दिन शुरु गरेको छ । 

सोमवार प्रनितिधिसभाको बैठक शुरु भएको जानकारी गराउने वित्तिकै राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । 

राजपा सांसदहरुले उभिएर विरोध जनाएपनि सभाममुख कृष्णबहादुर महाराले सांसद चन्दा चौधरीलाई बोल्न समय दिएका थिए ।

सांसद चौधरीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी हुन् । 

राजपाका सांसद चौधरीले मधेश आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सभामुख महाराको ध्यानाकर्षण गराएकी हुन् । 

साथै उनले आफूहरुले लामो समयदेखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको र सदनबाट रुलिङ भइसक्दा पनि सरकारले रुलिङ नमानेकोतर्फ उनले सभामुखको ध्यानाकर्षण गराए ।

सभामुख महराले लाल आयोगको प्रतिवेदनबारे केही समयपछि उचित जवाफ दिने आश्वासन दिएपछि उभिएर विरोध जनाएका राजपा सांसदहरुले आसन ग्रहण गरेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?