काठमाडौं । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद प्रेम सुवालले सार्वजनिक संस्थान डुबाउनेलाई मृत्युदण्ड दिर्नुपर्ने बताएका छन् ।
सोमवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद सुवालले सो कुरा बताएका हुन् ।
‘सार्वजनिक संस्थान डुबाउनेको अपराध हेरीकन मृत्यदण्डको सजायसमेत दिनुपर्छ’ उनले भने ।
औद्योगिक व्यवसाय विधेयकमाथि आफूले दर्ता गरेको विरोधको सूचनाबारे धारणा राखेको हुन् ।
उनले लघु, घरेलु र साना उद्योग निजी क्षेत्र र मझौला तथा ठूला उद्योग राज्यले सञ्चालन गर्नुपर्ने धारणा राखेका हुन् ।
विधेयकमा पूँजी भएकाले मात्रै मत खसाल्न पाउँछ भन्ने कुरा मात्र लेख्न बाँकी रहेको बताए ।
‘सबै सुविधा पुँजी भएकाले मात्रै पाउने हो भने गरिब कसरी बाँच्ने ?’ उनले भने, ‘यो केही शोसकका लागि ल्याएको विधेयक भएन र ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया