नेकपाले प्रदेश ३ को जिल्ला कमिटी नाम टुंग्यो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश ३ को जिल्ला कमिटी टुंगो लगाएको छ । 

आइतवार बसेको नेकपा सचिवालयको बैठकले प्रदेश ३ को जिल्ला कमिटी नेतृत्व टुंगो लगाएको हो । 

१० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा नेकपाले अध्यक्षसहित २ सय २५ सदस्यिय कमिटी बनाएको छ । 

नेकपाले काठमाडौ कमिटीमा विघटित एमाले ६० र माओवादी केन्द्रबाट ४० प्रतिशत भागवण्डाको आधारमा नेतृत्वको टुंगो लगाइएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?