बगैँचाको बीच भागमा उभिएर क्यामरामा कैद तस्वीर

एजेन्सी । शुन्दर फुल फुलेको बगैँचाको बीच भागमा उभिएर क्यामरामा तस्वीर कैद गर्ने रहर कसलाई नहोला । पक्कै पनि जो कोहीलाई हुन सक्छ । समथल जमीनमा रंगिबिरंगीका टुलिपको फुल, सेतो र गुलाबी रंगको चेरी र पहँले रंगका तोरीको फुलले सबैको ध्यानलाई आफुतिर तानिराखेको छ ।

यहि फुलहरुको साथमा रमाउँदै तस्वीर खिच्न सयौंको संख्यामा पर्यटकहरु यहाँ घुम्न आउने गर्दछ । आज हामी फुलहरुको शहर भनेर जम्मु कस्मिरको बारेमा चर्चा गर्नेछौँ । 

जम्मु कस्मिरको गर्मिको राजधानी भनेर चिनिने श्रीनगरमा एशियाको सबैभन्दा ठूलो टुलिपको बगैँचा रहेको छ । जहाँ सयौंको संख्याका पर्यटकहरु दैनिक घुम्नैको लागि आउने गर्दछ । यहाँ एक सातामा करिब ७० हजार भन्दा बढी पर्यटकहरु आउँछन्।

यसरी पर्यटकहरु श्रीनगरन आउदा यस क्षेत्रका बासिन्दाहरुले आर्थिक अभावलाई केही हदसम्म भएपनि कम बनाएको छ । 

बगैँचामा यो वर्ष विभिन्न फरक किसीमका १२ लाख टुलीपका फुलहरु रोपिएका छन् । विभिन्न रङले सजिएको यो फुलको आयू तीनदेखि चार वर्षसम्मको हुन्छ । जसले सबैको ध्यान सदैव खिचिराखेको हुन्छ । 

९० कठ्ठा क्षेत्रमा फैलिएको टुलिपको यो शुन्दर बगैँचाले यस क्षेत्रलाई रङ्गिबिरङगी बनाएको छ । प्राकृतिक सुन्दरताकै कारण पर्यटकहरु टुलिप बगैँचा जाने गर्दछन् । रातो, गुलाबी, पहँेलो, सेतो, बैजनी तथा निलो रङको टुलिप देख्दा आफुलाई स्वर्गमै छु जस्तो आभास हुन्छ । 

त्यस्तै श्रीनगरको बादामवाडीमा रहेको बादमको बगैँचा पनि घुम्नको लागि उचित ठाउँ मानिन्छ । यस क्षेत्रमा पनि विश्वभरका पर्यटकहरु घुम्नका लागि आउने गर्दछ । बादमवाडी  कोह—ए—मारन पहाडी इलाकाको बीचमा स्थित छ । साथै वर्षैभरि घुम्नका लागि खुल्ला गरिएको छ ।

मार्च महिनामा यस क्षेत्रमा पर्यटकहरुको संख्यामा वृद्धि हुने विभिन्न सञ्चारमाध्यमहरुले जनाएको छ ।  यता कश्मीरमा फुल्ने तोरीको फुलले पनि सबैलाई मोहित पारेको छ । 

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?