५१ अत्याधुनिक सरकारी भवन बनाउँदै सरकार, पुग्ला त ८ करोडले ?

काठमाडौं । सरकारले सरकारी निकायहरुका लागि ५१ वटा आधुनिक र सुविधान सम्पन्न भवन निर्माण गर्ने भएको छ । 

शहरी विकास मन्त्रालयले विभिन्न सरकारी निकायहरुका लागि ५१ वटा आधुनिक र सुविधासम्पन्न भवन निर्माण गर्ने तयारी गरेको हो । यसका लागि मन्त्रालयले १४ अर्ब बजेटको अनुमान गरेको छ । 

तर, आगामी आर्थिक वर्षको बजेटमा यो कार्यका लागि सरकारले जम्मा ८ करोड बजेट छुट्याइँदै छ ।

यो बजेट बहुचर्चित संघीय संसद भवन, प्रधानमन्त्री आवास, मन्त्री आवास, प्रदेश तथा मुख्यमन्त्री सम्पर्क कार्यालय आवास र राजकीय अतिथि गृहरआवास लगायत बनाउन विनियोजन गर्न लागिएको छ ।

सरकारले ल्याएको अत्याधुनिक सुविधा सम्मपन्न सरकारी भवन निर्माणमा संघीस संसद भवन पनि परेको हो । 

सरकारले एक दशकदेखि वानेश्वरस्थित संघीय संसद भवन भाडामा लिएर प्रयोग गर्दै आएको छ । यसको लागि सरकारले एउटा ठूलो संरचनाका रुपमा भवन बनाउने तयारी गरेको हो । 

सरकारले संघीय संसद भवन सिंहदरवार भित्रको पुतली बगैंचामा निर्माण गर्न लागेको हो ।

नयाँ बन्ने संसद भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभा बस्ने दुई ठूला हल हुने छ भने संघीय संसदको प्रशासनिक काम पनि यसै भवनबाट सञ्चालन हुने गरी निर्माण गर्ने तयारी गरिएको छ । 

संसदीय समितिका हलहरु पनि यसै भवनभित्र रहनेछन् । 

यसबा लागि लागि करिब ८ अर्ब लाग्ने अनुमान गरिएको छ ।

यसैगरी एउटा प्रधानमन्त्री आवास र २५ वटा मन्त्री आवासको पनि योजना छ । प्रदेश तथा मुख्यमन्त्री सम्पर्क कार्यालय वा आवास १४ वटा बनाउने भनिएको छ ।

यस्तै, राजकीय अतिथि गृहरआवास १० वटाको प्रस्ताव छ । प्रधानमन्त्री निवास, मन्त्री निवास र राजकीय गेष्ट हाउसका लागि ६ अर्बको लागत अनुमान मन्त्रालयले गरेको छ ।

सरकारले ललितपुरको भैंसेपाटीमा मन्त्री निवास तथा प्रदेश तथा मुख्यमन्त्री सम्पर्क कार्यालय र आवास बनाउने निर्णय गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?