काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा विभिन्न ९ वटा विधेयक प्रक्रियामा लैजाने भएको छ ।
सोमवार बिहान ११ बजेबाट शुरु भएको प्रनिधिसभा बैठकमा सरकार आज एकैदिन विभिन्न ९ वटा विधेयक प्रक्रियामा लैजाने भएको छ ।
८ वटा विधेयक प्रतिनिधिसभा र एउटा राष्ट्रियसभामा आज टेबुल गर्ने तयारी सरकारको छ ।
संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ गते बजेट सार्वजनिक गर्ने भएपछि सो अगावै केही महत्वपूर्ण विधेयक संसदमा प्रक्रियामा लैजाने सरकारको तयारी हो ।
जेठ १५ पछि प्रतिनिधिसभाका बैठकहरु बजेटमाथिको छलफलमा केन्द्रीत हुने भएकाले सो अगावै ती विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइने संघीय संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक र राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक प्रतिनिधिसभाको आजकौ बैठमा टेबुल गर्ने कार्यसूची रहेको संसदीय सचिवालयले जनाएको छ ।
यद्यपि प्रधानमन्क्री ओली धादिङ जाने कार्यक्रम रहेपछि सरकारका तर्फबाट कसैले विधेयक टेबुल गर्नुहुने सम्भावना छ । प्रधानमन्त्री ओली अप्टिकल फाइबर बिछ्याउने कार्यक्रमको मौपचारिक शुरुवात गर्न धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट जाने कार्यक्रम रहेको थियो ।
यस्तै, बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रहरी समायोजन विधेयक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक र औद्योगिक व्यवसाय विधेयक, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन विधेयक र वातावरण संरक्षण विधेयक संसदमा प्रस्तुत गर्नेछन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भूमि सम्बन्धी आठौं संशोधन विधेयक संसदमा टेबुल गर्ने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।
आजैको बैठकमा प्रधानमन्त्री ओलीले महालेखा परीक्षकको ५६ औँ वार्षिक प्रतिवेदन, अघिल्लो आर्थिक वर्षको सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको अघिल्लो आर्थिक वर्षको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले आगामी आर्थिक वर्षको पूर्ण बजेटमाथि मुलुकभरबाट प्राप्त सुझावसहितको प्रतिवेदन र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
आजै राष्ट्रियसभाको बैठक पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
राष्ट्रियसभा बैठकमा शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकलाई दफावार छलफलका लागि विधायन समितिमा पठाइने छ । त्यस्तै का
नून मन्त्री भानुभक्त ढकालले प्रमाण देस्रो संशोधन विधेयक टेबुल गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया