अमरेशकुमार सिंहले भने– ‘यो संविधान धरापमा परे प्रधानमन्त्री जेल जान्छन्’

लोकपथ
182
Shares

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले वर्तमान संविधान खतरामा परेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेल जाने टिप्पणी गरेका छन् ।


आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले जनआन्दोलनको उपलब्धी जोगाउनका लागि संविधान जोगिनुपर्ने र यदी संविधान नै नजोगिए प्रधानमन्त्री जेल जाने बताए ।

‘यो संविधान गयो भने माओवादीका अध्यक्ष सम्मानीय प्रधानमन्त्री जेल जानुहुन्छ । किनकी शान्ति प्रक्रियाको दुइवटा अभिभारा हो, शान्ति प्रक्रियाको दुुहाइमा काम गर्ने व्यक्तिमा हामी पनि पर्दछौँ । एउटा शान्ति प्रक्रिया टिआरसी थियो, टिआरसीको एउटा पनि ऐन पास भएको छैन । कुरै भएको छैन । दोस्रो त्यसको उपलब्धी संविधान थियो । त्यो संविधानलाई नै समाप्त पार्ने कुरा भयो त्यसकारणले प्रधानमन्त्रीलाई उपयुक्त बनाएको हो ।’ उनले भने ।

त्यस्तै उनले देशको हितका लागि प्रधानमन्त्रीले देशको उपलब्धीका लागि छलाङ मारेको बताए ।


त्यस्तै अरुले आरोप लगाए पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीहरुले राम्रो काम गर्न सक्ने भन्दै प्रशंसा गरे ।

त्यस्तै उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?