काठमाडौं । स्वतन्त्र सांसद प्रभु साहले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेका हुन् ।
उनले एकै व्यक्तिहरु पटकपटक प्रधानमन्त्री बनेका कारण देश विकास हुन नसकेको बताए ।
त्यस्तै यो व्यवस्थाप्रति प्रश्न उठिरहेको बताउँदै त्यसलाई निर्मुल पार्न प्रधानमन्त्रीले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया