राजपामा अध्यक्ष मण्डल नरहने

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)मा अध्यक्ष मण्डल नरहने भएको छ । 

गत विहीवारदेखि राजपा पार्टी कार्यालय बबरमहलमा बसेको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले विधानको धारा ३१ (१२) मा यस अघि महाधिवेशनपनि पनि अध्यक्ष मण्डलको व्यवस्था रहेकोमा अब महाधिवेशनपछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्षीय प्रणालीमा आगाडी बढ्ने व्यवस्था गरिको हो । 

यसैगरी पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रिय प्रणाली अनुसार भोलि (सोमवार)देखि लागू हुने गरी अनिल कुमार झाले राजपा नेपालको संयोजकको जिम्मेवारी सम्हाल्ने भएका छन् ।  

यस अघि राजपाको संयोजकमा शरतसिंह भण्डारी थिए । 

६ राजनीतिक दल मिलेर बनेको राजपामा पालै पालो अध्यक्ष सम्हाल्ने निर्णय भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?