प्राज्ञिक विद्यार्थी परिषद्ले एकैपटक तीन प्रदेशमा अधिवेशन गर्दै

लोकपथ
0
Shares

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले एउटै मितिमा तीन प्रदेशको चौथोँ प्रदेश अधिवेशन गर्ने भएको छ ।

विद्यार्थी परिषद्ले यहीँ चैत्र १,२ र ३ गते कोशी प्रदेश , बाग्मती प्रदेश र गण्डकी प्रदेशको चौथो प्रदेश अधिवेशन गर्न गइरहेको परिषद्ले जनाएको छ ।

शिक्षा क्षेत्रको समग्र सुधारका लागि चौथो प्रदेश अधिवेशन भन्ने मुलनारासहीत उक्त प्रदेश अधिवेशन सम्पन्न हुने महासचिव पंगेनीले बताए । साथै अधिवेशनको तयारी पनि पूरा भइसकेको र तीनवटै प्रदेशको अधिवेशनमा अलग अलग जिल्लाबाट प्रत्यक प्रदेशमा १२० जना भन्दाबढी अधिवेशन प्रतिनिधिहरूको सहभागीता रहने परिषद्ले जनाएको छ ।

परिषद्ले कोशी प्रदेशको अधिवेशन झापाको दमकमा, वाग्मती प्रदेशको काठमाडौंको कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसरमा र गण्डकीको पोखरामा सम्पन्न गर्न गइरहेको छ । उक्त अधिवेशनबाट महत्त्वपूर्ण प्रस्तावहरू र नयाँ प्रदेश कार्यसमिति पनि चयन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?