काठमडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विकासको गुरुयोजना कार्यान्वयन अहिलेको आवश्यता रहेको बताएकी छिन् ।
शनिवार २५६३ औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनी भ्रमण वर्षको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।
उनले बुद्ध परिपथ निर्माण गरी विश्वकै सांस्कृतिक पर्यटक स्थल बनाउनुपर्ने बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान ग्रेटर लुम्बिनीतर्फ केन्द्रीत भएको बताए ।
लुम्बिनी, लुम्बिनी जस्तो नभएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘लुम्बिनी स्वच्छ, हराभरा बनाउनुपर्छ । बाहिर सिसौका रुखले उजाड बनाएको छ, अब फलफूल रोप्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया