काठमाडौं । लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ भएको छ ।
लुम्बिनी भ्रमण वर्ष उद्घाटन गर्न राष्ट्रपति भण्डारी शनिवार बिहान १०ः५० मा लुम्बिनी पुगेकी थिइन् भने उनको स्वागत प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
भ्रमण वर्षको शुभारम्भको कार्यक्रममा प्रधामन्त्री ओली शान्ति र्याली, झण्डोत्तलन, दीप प्रज्ज्वलनमा सहभागी भएका छन् ।

यसैगरी शनिवार बिहान प्रधानमन्त्री ओलीले लुम्बिनी भ्रमण वर्ष एवं २५६३ औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनी नयाँ ग्राममा आँपको विरुवा रोपेर वृक्षा रोपणको शुभारम्भ समेत गरेका छन् ।

लुम्बिनीलाई हरियाली, हराभरा र वातावरणमैत्री बनाउने गुरुयोजना अनुसार लुम्बिनी नयाँ ग्राममा विभिन्न जातका २६ सय ४६ वटा विरुवा रोपिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया