काठमाडौं । पार्टी एकता भएको एक वर्षपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो २२ वटा जनवर्गीय संगठनहरुको एकीकरण टुंग्याएको छ ।
शुक्रवार मदन भण्डारी र जीवनराज आश्रितको २६ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममार्फत् जनवर्गीय संगठनहरुको नाम घोषाण गरियो ।
पार्टी महासचिव विष्णु पौडेलले सार्वजनिक गरेको जनवर्गीय संगठनका संयोजक र सहसंयोजकको सूचीमा वरिष्ठ नेता वामदेव गौतमदेखि पूर्वमन्त्री शेरबहादुर तामाङसम्मको नाम छ ।
नेकपाका सचिवालय सदस्य गौतमलाई अखिल नेपाल किसान महासंघको संयोजक बनाइएको छ भने तत्कालिन माओवादीका नेता चित्रबहादुर श्रेष्ठलाई सहसंयोजक चयन गरिएको छ ।
उता पूर्वकानूनमन्त्री शेरबहादुर तामाङलाई आदिवासी जनजाति महासंघको सहसंयोजक बनाइएको छ ।
www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 11 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया