काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनको नेतृत्वको घोषणा गरेको छ ।
आज (शुक्रवार) तत्कालिन एमाले र तत्कालिन माओवादीबीच एकता भएको एक वर्षपछि नेकपाका जनवर्गीय संगठनको नेतृत्वको घोषणा भएको हो ।
जिल्ला नेतृत्वको टुंगो भएपछि जनवर्गीय सङ्गठनको नेतृत्वमा सहमति भएको हो ।
सचिवालय र जिल्ला नेतृत्वको अनुपात अनुसार तत्कालिन एमाले र माओवादीबाट जनवर्गीय सङ्गठनको नेतृत्वमा सहमति जुटेको थियो ।
२६औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा नेकपाले नाम घोषणा गरिएको हो । बिहीबार बसेको नेकपाको सचिवालय बैठकले २२ जनवर्गीय सङ्गठनको नेतृत्व चयन गरेको थियो ।
जनवर्गीय सङ्गठनमा नेतृत्वमा सहमति भए पनि पोलिव्यूरो सदस्य चयन भने हुन सकेन ।
सहमति अनुसार पूर्व एमालेले किसान, विद्यार्थी, वकिल, मजदुर तथा पेशागत महासङ्घ लगायतका सङ्गठनको नेतृत्व गर्नेछ । पूर्व एमालेले संयोजक पाएका सङ्गठनमा पूर्व माओवादीका सहसंयोजक रहने छन् । यस्तै माओवादीले संयोजक पाएकोमा एमालेबाट सहसंयोजक रहने छन् ।
किसानको संयोजकमा वामदेव गौतम, सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ, भूमिहीन किसानमा रामप्रीत पासवान संयोजक र सहसंयोजक पदम देवकोटा रहेका छन् ।
मजदुरमा संयोजक विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा छन्। त्यस्तै विद्यार्थीमा संयोजक ऐन महर तथा सहसंयोजकमा रञ्जित तामाङ रहेका छन् । पूर्व अखितबाट ऐन महरा रहेका छन् ।
पेसागत महासङ्घको संयोजकमा विश्वनाथ प्याकुरेल, सहसंयोजकमा दयाराम बस्याल छन् । मुस्लिम सङ्गठनको संयोजकमा सिराज फारुकी, सहसंयोजकमा अत्तर हुसेन फारुकी रहेका छन् भने जनसांस्कृतिक महासङ्घको संयोजकमा खगेन्द्र राई र सहसंयोजकमा सरल सहयात्री रहेका छन् ।
बुद्धिजीवी सङ्गठनको नेतृत्वमा दिनेशचन्द्र देवकोटा र सहसंयोजकमा कृष्ण केसी छन् । इन्जिनियरहरूको सङ्गठनको संयोजकको जिम्मेवारी शम्भुबहादुर श्रेष्ठ र सहसंयोजक हरि पराजुली रहेका छन् ।
कानून व्यवसायीको सङ्गठन नेपाल लयर्स एशोसिएनको संयोजक रुद्र नेपाल र सहसंयोजक दिनमणि पोखरेल रहेका छन् ।
यस्तै, मानव अधिकार सङ्गठनको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल रहेका छन् । उद्योगी व्यवसायी सङ्गठनमा संयोजक लक्ष्मीराज मानन्धर र सहसंयोजक श्याम पाठक रहेका छन् ।
यसैगरी खेलकुद महासङ्घको जिम्मेवारी पुरुषोत्तम पौडेललाई दिइएको छ भने सहसंयोजकमा शिव कोइराला चयन भएका छन् ।
निर्माण व्यवसायी सङ्गठनमा यक्षध्वज कार्की संयोजक र सहसंयोजक शिव चौलागाईंलाई चयन गरिएको छ ।
प्रवासी नेपाली मञ्चमा संयोजक लोकनाथ भण्डारी र सहसंयोजक ईश्वरी भण्डारी चयन गरिएको छ ।
महिला सङ्गठनको नेतृत्वमा अमृता थापामगर र सहसंयोजक सीता पौडेल चयन भएकी छन् । युवा सङ्गठनको नेतृत्व रामप्रसाद सापकोटा र सहसंयोजकमा रमेश पौडेल रहेका छन् ।
पत्रकार सङ्गठनको नेतृत्वमा महेश्वर दाहाल र सहसंयोजकमा गणेश बस्नेतलाई चयन गरिएको छ भने दलित सङ्गठनको नेतृत्वमा तिलक परियार र सहसंयोजकमा बोम विश्वकर्मालाई चयन गरिएको छ । उता जनजाति महासङ्घको संयोजकमा सुरेश आलेलाई चयन गरिएको छ भने सहसंयोजक शेरबहादुर तामाङ भएका छन् ।
www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 11 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया