मदनका विचार छाड्न नमिल्ने : प्रधानमन्त्री ओली

काठमडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली एकीकृत पार्टीले जननेता मदन भण्डारीले अगाडी सारेको विचारधारालाई छाड्न नमिल्ने बताएका छन् । 

शुक्रवार बिहान २६ औं मदन आश्रित स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित स्मृतिसभामा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

ओलीले मदनका विचार छाड्न नमिल्ने जवाफ दिए । 

‘अध्यक्ष कमरेड प्रचण्डले भने जस्तै जबजलाई सुत्रको रुपमा घोक्ने, कण्ठ गर्ने वा मदनले हिजो जे भन्नुभयो, त्यहिमात्र अन्तिम होइन’ प्रधानमन्त्री ओलीलेभ भने, ‘हामी उहाँको बिचारलाई मागर्दर्शक सिद्धान्तका रुपमा समायानुकुल ढंगले सिर्जनात्मक प्रयोग गर्छौं ।’

‘जननेता भण्डारीले अघि सारेको विचारधारालाई हाम्रो पार्टीले छाड्दैन र छाड्नै मिल्दैन’ उनले थप्दै भने । 

‘अहिले हामीसँग दुई तिहाई अलितकति पुगेको छैन, तिनीहरुलाई हाम्रो बहुमत नपचेर के गर्नु ? अर्को पटक नेकपाले एकल रुपमा दुई तिहाई ल्याउँछ । हाम्रो यो सफलताको शिखर होइन, आरम्भ हो’ प्रधानमन्त्री ओली । 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?